logo

२०८३ साउन १३ बुधबार

‘घर ज्वाइँ’ मा दया र मिरुनाको जोडी

‘घर ज्वाइँ’ मा दया र मिरुनाको जोडी


हाम्रो राष्ट्र
  • आइतबार, २८ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । यो वर्षको पहिलो दिन प्रदर्शनमा भएको चलचित्र ‘जारी’ को सफलतापछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीलाई अभिनय गराउने क्रम बढेको छ ।

    उनीहरुले दुईले ‘नाङ्गो गाउँ’ र ‘रङ्गेली ग्याङस्टर’ पश्चात ‘घर ज्वाईँ’ मा अभिनय गर्ने तय भएको छ । दर्शक माँझ लोकप्रिय रहेकै कारण दुवैलाई कलाकारको रुपमा अनुबन्धित गरिएको निर्माता जनक घर्तीमगरले जानकारी दिए ।

    उनले भने, “चलचित्रमा हामीले केही कलाकार अनुबन्धित गरिसकेका छौँ । यसको अहिले लेखनको चरणमा छौँ । आउँदो माघबाट छायाङ्कन गर्ने छौँ ।” उनका अनुसार अनिल मगरले निर्देशन गर्ने चलचित्रमा वुद्धि तामाङ, शिशिर बाङ्ग्देल, पुस्कर गुरुङ, राज थापालगायत अनुबन्धित भइसकेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend