logo

२०८३ असोज ८ बिहिबार

सुडानको डार्फरमा अर्धसैनिक बलको आक्रमणपछि सयौं मानिस विस्थापित

सुडानको डार्फरमा अर्धसैनिक बलको आक्रमणपछि सयौं मानिस विस्थापित


हाम्रो राष्ट्र
  • सोमबार, २९ साउन २०८०
  • 1.3K
    SHARES

    सुडानी अर्धसैनिक बलले आइतबार गरेको आक्रमणमा सयौं सर्वसाधारण डार्फरको एक प्रमुख शहरबाट भाग्न बाध्य भएका छन् । अशान्त पश्चिमी क्षेत्रमा नियमित सेनाविरुद्ध लडाइँ चर्किरहेको छ ।

    डार्फर र सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच करिब चार महिनादेखि जारी द्वन्द्वको मार खेप्नुपरेको छ ।

    सुडानको दोस्रो ठूलो शहर तथा दक्षिण डार्फर राज्यको राजधानी न्यालाबाट सयौं मानिस विस्थापित भएका एक स्थानीयले बताए । आरएसएफ अर्धसैनिक बलले न्यालामाथि दर्जनौं सैन्य गाडीले आक्रमण गरेको र सयौं बासिन्दाहरू भीषण तोपखानाबाट भागिरहेको उनले बताए ।

    गत अप्रिल १५ मा खार्तूममा सेना प्रमुख अब्देल फतह अल बुरहान र आरएसएफका पूर्व डेपुटी कमाण्डर मोहम्मद हमदान डग्लोबीच युद्ध सुरु भएको थियो ।

    सशस्त्र द्वन्द्व स्थान र घटना डाटा परियोजनाको एक अनुमानअनुसार देशभर कम्तीमा तीन हजार ९ सय को मृत्यु भएको छ ।संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायका अनुसार ४० लाखभन्दा बढी मानिस घरबारविहीन भएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend