logo

२०८३ असोज ८ बिहिबार

रुस–युक्रेन युद्ध वार्ताबाट अन्त्य गर्नुपर्ने जर्मन चान्सलर स्कोल्जको जोड

रुस–युक्रेन युद्ध वार्ताबाट अन्त्य गर्नुपर्ने जर्मन चान्सलर स्कोल्जको जोड


हाम्रो राष्ट्र
  • सोमबार, २९ साउन २०८०
  • 1.2K
    SHARES

    जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति सम्झौताका लागि साउदी अरबको नेतृत्वमा हालै सम्पन्न शिखर सम्मेलनको स्वागत गर्दै थप कूटनीतिक प्रयासका लागि आह्वान गरेका छन् ।

    चीन, जर्मनी, भारत र संयुक्त राज्य अमेरिकालगायत करिब ४० देशका प्रतिनिधिहरूले गत सप्ताहन्तमा जेद्दामा भएको सम्मेलनमा भाग लिएका थिए ।

    उनले रूसले आफ्ना सैनिकहरू फिर्ता गरी शान्तिलाई सम्भव बनाउनुपर्ने बताएका छन् । गत जुन महिनामा कोपेनहेगनमा पनि शान्तिको बाटोबारे छलफल गर्न यस्तै अन्तर्राष्ट्रिय वार्ता भएको थियो । स्कोल्जले डेनमार्क र साउदी अरबमा विदेश नीति सल्लाहकारको तहमा भएको वार्तालाई ‘अत्यन्त विशेष’ भनेका छन् ।

    युक्रेनले साउदी अरबको शिखर सम्मेलनबाट आफू सन्तुष्ट रहेको बताएको छ, जसमा कीभले युक्रेनी भूमिबाट रूसी सेनाको पूर्ण फिर्तासहित आफ्नो १० बुँदे शान्ति योजनालाई समर्थन गर्ने प्रयास गरेको थियो । यसैबीच, मस्कोले कीभले हतियार छोडेमा मात्र शान्ति सम्झौता सम्भव रहेको बताएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend