logo

२०८३ साउन १३ बुधबार

लातभियाका प्रधानमन्त्रीद्वारा राजीनामा

लातभियाका प्रधानमन्त्रीद्वारा राजीनामा


हाम्रो राष्ट्र
  • मंगलबार, ३० साउन २०८०
  • 1.1K
    SHARES

    लातभियाका प्रधानमन्त्री क्रिसजानिस करिन्सले गठबन्धन साझेदारहरूसँगको मतभेदबीच राजीनामा दिने घोषणा गरेका छन् । उनले केन्द्रवादी युनाइटेड लिस्ट र कन्जरभेटिभ नेशनल एलायन्सलाई सरकारको कार्यसम्पादन सुधार गर्ने प्रयासलाई असफल बनाएको आरोप लगाएका छन् ।

    नयाँ सरकारको आवश्यकता रहेको बताउँदै करिन्सले पत्रकार सम्मेलनमा राष्ट्रपति एडगर्स रिन्केभिक्सलाई आफ्नो राजीनामा बिहीबार बुझाउने उल्लेख गरेका छन् ।

    साथै उनले आफूले प्रधानमन्त्रीको रूपमा पुनः नियुक्ति नचाहेको बताएका छन् । गत हप्ता उनले दुई विपक्षी दलहरू– केन्द्र–वाम प्रगतिशील र केन्द्रवादी ग्रीन्स एन्ड फार्मर्ससँग नयाँ मन्त्रिपरिषद् गठनका लागि परामर्श सुरु गर्ने घोषणा गरेपछि यो कदम आएको हो । गत वर्षको संसदीय निर्वाचनमा न्यू युनिटीले जीत हासिल गरेपछि करिन्सले झिनो बहुमतका साथ तीन दलको सरकार बनाउन सफल भएका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend