logo

२०८३ साउन १४ बिहिबार

दक्षिणी रुसको एक पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा २७ जनाको मृत्यु, दर्जनौँ घाइते

दक्षिणी रुसको एक पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा २७ जनाको मृत्यु, दर्जनौँ घाइते


हाम्रो राष्ट्र
  • मंगलबार, ३० साउन २०८०
  • 1K
    SHARES

    रुसको दक्षिणी क्षेत्र डागेस्तानको एक पेट्रोल पम्पमा विस्फोटपछि भएको आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । अधिकारीहरूका अनुसार मृत्यु हुनेमा केही बालबालिका समेत रहेका छन्।

    आगोको रापका कारण गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि मस्को लगिएको बताइएको छ । क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाच्कला सहरमा भएको विस्फोटको कारण भने हालसम्म खुल्न सकेको छैन।

    स्थानीय सञ्चारमाध्यमका अनुसार पेट्रोल पम्पमा फैलनुअघि त्यहाँ नजिकै कार पार्किङ गरिएको क्षेत्रबाट आगो लाग्न सुरु भएको थियो ।

    अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार रातिको ९ः४० बजे फैलन सुरु भएको आगो नियन्त्रणमा लिन सयौँ अग्नि नियन्त्रकहरूलाई तीन घण्टाभन्दा बढी समय लागेको थियो । त्यहाँ करिब २६० जना आपत्कालीन कर्मचारीलाई परिचालन गरिएको छ। गम्भीर घाइतेलाई मस्को लैजानका लागि सरकारले एउटा विमान पनि तैनाथ गरेको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend