logo

२०८३ साउन १४ बिहिबार

म्यानमारको जेड खानी पहिरोमा बेपत्ता १९ जनाको शव फेला

म्यानमारको जेड खानी पहिरोमा बेपत्ता १९ जनाको शव फेला


हाम्रो राष्ट्र
  • मंगलबार, ३० साउन २०८०
  • 1.1K
    SHARES

    म्यानमारको उत्तरी काचिन राज्यमा रहेको जेड खानीमा गएको पहिरोमा परी ज्यान गुमाएका मध्ये मङ्गलबार दिउँसोसम्म १९ जनाको शव निकालिएको छ ।

    ‘स्थानीय समय अनुसार मङ्गलबार दिउँसो २ः३० बजेसम्म १९ वटा शव निकालिएको थियो। मृतक सबै पुरुष रहेको पाइएको छ । खोजी र उद्धार कार्य जारी छ,’ हपाकान्त प्रहरी चौकीका एक प्रहरी अधिकारीले  बताएका छन् ।

    दिउँसो ३ बजेतिर पहिरो गएको हो । स्थानीय समय अनुसार आइतबार म्यानमारको जेड उद्योगको केन्द्र हपाकान्तको माना गाउँ नजिकैको जेड खानीमा ३० जनाभन्दा बढी मानिस बेपत्ता भएका थिए ।

    घटनास्थलमा सोमबारदेखि विभिन्न उद्धार संस्थाले खोजी तथा उद्धार कार्य गरिरहेको स्थानीय उद्दारकर्ताले बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend