रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वले नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको निरन्तर सुदृढीकरण खोजिरहेको बताएका छन् ।। मस्कोमा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी ११ औं सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले बहुध्रुवीयतातर्फ विश्वव्यापी परिवर्तन आवश्यक रहेको बताएका हुन् ।
उनले अधिकांश देशहरू आफ्नो सार्वभौमसत्ता दाबी गर्न र आफ्नो राष्ट्रिय हित, परम्परा, संस्कृतिको रक्षा गर्न तयार रहेको पनि बताए । उनले बहुध्रुवीय विश्व व्यवस्थाले सामाजिक, आर्थिक, प्राविधिक र वातावरणीय चुनौतीहरूको समाधान गर्न मद्दत गर्ने बताए ।
उनले हाल विश्वभर नयाँ द्वन्द्व उक्साउने र विद्यमान द्वन्द्वलाई बढाउने प्रयास गर्नेहरूले राष्ट्रहरूलाई विभाजन गरी फाइदा लिन खोजिरहेका बताए ।.युक्रेनमा अर्बौं डलर लगानी गर्दै कीभलाई उपकरणहरू आपूर्ति गरेर पश्चिमी राष्ट्रहरूले द्वन्द्वलाई अझ चर्काउँदै लगेको र अन्य देशहरूलाई यसमा तानिरहेको पुटिनले बताए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend