logo

२०८३ साउन १४ बिहिबार

आफ्नो देश भागेर आएका अमेरिकी सैनिकले विभेद भोगेको उत्तर कोरियाको आरोप

आफ्नो देश भागेर आएका अमेरिकी सैनिकले विभेद भोगेको उत्तर कोरियाको आरोप


हाम्रो राष्ट्र
  • बुधबार, ३१ साउन २०८०
  • 949
    SHARES

    उत्तर कोरियाले अमेरिकी सैनिक ट्राभिस किङले सेनामा अमानवीय दुर्व्यवहार र जातीय विभेद भोगेका कारण गत महिना आफ्नो भूमिमा प्रवेश गरेको आरोप लगाएको छ ।

    गत जुलाई १८ मा दुई कोरियालाई विभाजन गर्ने क्षेत्रको सङ्गठित भ्रमणका क्रममा अमेरिकी सैनिक अचानक सीमा पार गरेर उत्तर कोरिया गएका थिए ।

    अमेरिकी फौजमा रहेका किङले उत्तर कोरियामा शरण लिने इच्छा व्यक्त गरेको त्यहाँको सरकार नियन्त्रित सञ्चारमाध्यमले जनाएको छ । यद्यपि अमेरिकी अधिकारीहरूले पनि यसअघि ती सैनिकले योजनाबद्ध ढङ्गमा सीमा पार गरेको हुनसक्ने बताएका थिए ।

    पेन्टागनले ती सैनिकलाई प्राइभेट सेकेन्ड क्लास सैनिकको रूपमा चिनाएको थियो र उनी सन् २०२१ को जनवीदेखि सेनामा छन् । यी घोडसवार सेना सुरुमा दक्षिण कोरियामा अमेरिकी सेनाको पहिलो बख्तरबन्द सम्बन्धी विभागको एक इकाईमा खटाइएका रणनीतिक विशेषता वा लक्ष्य पत्ता लगाउन सैन्य अवलोकन गर्ने विशेषज्ञ थिए ।

    दक्षिण कोरियामा हातपातको आरोप लागेपछि उनीमाथि कारबाही भइरहेको थियो। सीमा पार गर्नुअघिका दुई महिना उनले हिरासतमा बिताएका थिए र जुलाई १० मा रिहा भएका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend