logo

२०८३ साउन १३ बुधबार

इन्धनको मूल्य बढेसँगै बढ्यो सार्वजनिक यातायातको भाडा

इन्धनको मूल्य बढेसँगै बढ्यो सार्वजनिक यातायातको भाडा


हाम्रो राष्ट्र
  • बुधबार, ३१ साउन २०८०
  • 949
    SHARES

    काठमाडौं । सरकारले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा बढाएको छ । नेपाल आयाल निगमले इन्धनको मूल्य बढाएपछि यातायात भाडा पनि बढेको हो ।

    यातायात व्यवस्था विभागले बुधबारदेखि लागू हुनेगरी भाडा बढाएको सूना जारी गरेको छ । विभागले अहिले बढाएको भाडा अन्तरप्रदेशमा मात्र लागू हुनेछ ।

    एक प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी तथा मालबाहक गाडीमा नयाँ भाडा बुधबारदेखि लागू भइसकेको छ । विभागले यात्रुबाहक सवारी साधानमा ४.७० प्रतिशतले भाडा बढाउँदा मालबाहक तराईमा ६.८३ र पहाडमा ६.१५ प्रतिशतले भाडा बढाएको छ ।

    निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १४ रुपैयाँले मूल्य बढाएको थियो । इन्धनको मूल्य बढेपछि स्वचालित भाडा दर कायम गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend