logo

२०८३ साउन १४ बिहिबार

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट


हाम्रो राष्ट्र
  • बुधबार, ३१ साउन २०८०
  • 988
    SHARES

    काठमाडौं । शेयर बजार नेप्से बुधबार पनि घटेको छ । मङ्गलबार ३२ अङ्कले घटेको नेप्से बुधबार २० दशमलव ३१ अङ्कले घटेर दुई हजार २५ दशमलव १२ विन्दुमा झरेको छ ।

    बुधबार सबै समूहको शेयर घटेकोमा बीमा, व्यापार, उत्पादन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । सबैभन्दा धेरै माउन्टेन हाइड्रो नेपाल र श्वेत गङ्गा हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ ।

    समग्रमा बजार राताम्मे भएको दिन सबैभन्दा धेरै बलेफी हाइड्रो र सनराइज फोकस्ड इक्युटी फन्डको शेयर चार प्रतिशतले बढेको छ । आज ४८ लाख ३८ हजार कित्ता शेयर एक अर्ब ६७ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको आठ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend