logo

२०८३ साउन १३ बुधबार

आर्थिक पुनः उत्थान ‘कष्टप्रद’ नरहेको चीनको भनाई

आर्थिक पुनः उत्थान ‘कष्टप्रद’ नरहेको चीनको भनाई


हाम्रो राष्ट्र
  • बिहिबार, ३२ साउन २०८०
  • 1.2K
    SHARES

    चीनले आफ्नो आर्थिक पुनः उत्थान ‘उथलपुथल पूर्ण र कष्टकर प्रक्रिया’ हुने तर पश्चिमा आलोचकहरू ‘निश्चित रूपमा गलत साबित हुने’ बताएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ पछि चीनको अस्त व्यस्तताप्रति चिन्ता व्यक्त गर्ने हालैका आँकडाले चीनको बढ्दो आर्थिक समस्याले चीनलाई ‘टाइम बम’ विस्फोट पहिलेको अवस्थामा पुर्याएको चीनको यो भनाइ आएको हो ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा भने, “महामारी रोकथाम र नियन्त्रणको सहज सङ्क्रमणपछि चीनको आर्थिक पुनः उत्थान एक कष्टकर प्रक्रिया हो, जसले अनिवार्य रूपमा कठिनाइ र समस्याको सामना गर्नेछ ।”

    “धेरै पश्चिमी राजनीतिज्ञ र सञ्चारमाध्यमले चीनको महामारीपछिको आर्थिक पुनः उत्थान प्रक्रियामा आवधिक समस्याहरूको प्रचार गरेका छन् । तर अन्ततः ती गलत साबित हुनेछन्,” उनले भने ।

    राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) ले  भनेको छ, “उपभोगको एक प्रमुख मापक खुद्रा बिक्री जुनको ३.१ प्रतिशतबाट घटेको छ र जुलाईमा २.५ प्रतिशतले वृद्धि भएको छ । यो विश्लेषकहरूको अपेक्षाभन्दा कम हो ।

    एनबीएसले श्रम शक्ति सर्वेक्षणको तथ्याङ्कमा थप सुधार र अनुकुलनको आवश्यकता औंल्याउँदै अब उमेर–विशिष्ट बेरोजगारी तथ्याङ्क जारी नगर्ने पनि बताएको छ ।

    यो निर्णयले  सामाजिक सञ्जालमा प्रतिक्रिया उत्पन्न गरेको थियो र इन्टरनेट प्रयोगकर्ताहरूले अधिकारीहरूले बढ्दो युवा बेरोजगारीको सीमा लुकाउन खोजेको आरोप लगाएका थिए ।

    चिनियाँ नेताहरूले हालैका हप्ताहरूमा घरेलु खपत बढाउन खोजेका छन्, स्टेट काउन्सिलले गत महिना नागरिकहरूलाई सवारी साधन, पर्यटन र घरेलु उपकरणहरू जस्ता क्षेत्रहरूमा अधिक खर्च गर्न प्रोत्साहित गर्न २०–सूत्रीय योजना जारी गरेको थियो ।

    देशको उच्च अधिकारीहरूले अर्थव्यवस्थाले ‘नयाँ कठिनाइ र चुनौतीहरू’ साथै ‘प्रमुख क्षेत्रहरूमा लुकेका खतराहरू’ को सामना गरिरहेको चेतावनी दिएका छन् ।

    सन् २०२३ को पहिलोदेखि दोस्रो त्रैमासिकको बीचमा चीनले ०.८ प्रतिशतले मात्र आर्थिक वृद्धि हासिल गर्ने भएकाले चीनले सन् २०२३ का लागि तय गरेको पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सङ्घर्ष गर्न सक्ने सरकारी तथ्याङ्कले देखाएको छ ।

    गत हप्ता निर्बाचनका लागि चन्दा सङ्कलन कार्यक्रममा बोल्दै बाइडेनले देशको उच्च बेरोजगारी र बुढ्यौलीको श्रमशक्तितर्फ इङ्गित गर्दै ‘चीन समस्यामा छ’ भनेका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend