logo

२०८३ साउन १४ बिहिबार

पार्टीका कार्यक्रम छरितो बनाउन एमालेले बनायो पाँच बुँदे मापदण्ड

पार्टीका कार्यक्रम छरितो बनाउन एमालेले बनायो पाँच बुँदे मापदण्ड


हाम्रो राष्ट्र
  • बिहिबार, ३२ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । नेकपा एमालेले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ ।

    एमालेको यही साउन २९ गतेको सचिवालय बैठकले गरेको निर्णयबारे अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरिने पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

    पार्टीका कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टीका कमिटी तथा जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टीका अध्यक्ष बाहेक अन्य नेताका तस्बिर प्रयोग नगर्ने, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि तथा वक्तालाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने र कार्यक्रमको अन्तिमसम्म आसन ग्रहण गराइने परम्परा अन्त्य गर्ने मापदण्ड बनाइएको छ ।

    यस्तै कार्यक्रममा ब्याच, माला र खादाको अनावश्यक प्रयोग नगर्ने तथा कार्यक्रमलाई भड्किलो नबनाउने एमालेको निर्णय छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend