logo

२०८३ साउन १३ बुधबार

लाओसमा डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार, १४ जनाको मृत्यु

लाओसमा डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार, १४ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • शुक्रबार, १ भाद्र २०८०
  • 1.1K
    SHARES

    लाओसमा डेंगी ज्वरोका घटनाहरू जनवरीदेखि हालसम्म २० हजार ९३६ पुगेको छ । ती सङ्क्रमित मध्ये १४ जनाको मृत्यु भएको लाओको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    स्वास्थ्य मन्त्रालय अन्तर्गतको सूचना तथा शिक्षा केन्द्रले जारी गरेको प्रतिवेदनमा सबैभन्दा बढी ओडोम्क्से प्रान्तमा ४ हजार १६१, खम्मुआन प्रान्तमा ३ हजार ८२ र लुआङ प्राबाङ प्रान्तमा २ हजार २ सय ५० जनामा सङ्क्रमण देखिएको पाइएको छ ।

    यसैगरी डेंगीका कारण बोलिखाम्क्से प्रान्तमा पाँच, सवान्नाखेत र लाओको राजधानी भेन्टियानमा दुई–दुई र ओडोम्क्से, खम्मुवान, जायाबोरी, अटापेउ र भेन्टियाने प्रान्तमा एक–एक गरी १४ जनाको मृत्यु भएको जानकारी गराइएको छ ।

    विशेष गरी वर्षाको मौसममा डेंगी फैलाउने लामखुट्टे पानी जमेको ठाउँमा बस्ने गरेको पाइएको छ । लाओ स्वास्थ्य मन्त्रालयले देशव्यापीरूपमा सतर्कता अपनाउँन आग्रह गरेको छ । स्वास्थ्य अधिकारीहरू र चिकित्सकहरू परिचालित गरिएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend