logo

२०८३ असोज ८ बिहिबार

सरकार छाड्न तयार छौं, तर सुशासनको अभियान कुनै हालतमा रोकिँदैनः गृहमन्त्री श्रेष्ठ

सरकार छाड्न तयार छौं, तर सुशासनको अभियान कुनै हालतमा रोकिँदैनः गृहमन्त्री श्रेष्ठ


हाम्रो राष्ट्र
  • शुक्रबार, १ भाद्र २०८०
  • 1.2K
    SHARES

    गोरखा । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताएका छन् ।

    शुक्रबार गोरखाको अजिरकोट गाउँपालिका–२ स्थित भच्चेकमा ’भच्चेक आधारभूत अस्पताल’को उद्घाटन गर्दै गृहमन्त्रीले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने बताएका हुन् । उनले अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने तर सुशासनको अभियान कुनै हालतमा नरोक्ने बताए ।

    उनले भने, ‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौँ भनेर कसैले नसोचे हुन्छ। हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौँ। जुन दिनसम्म सरकारमा रहन्छौँ, यो सुशासनको अभियान रोकिँदैन ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend