logo

२०८३ साउन १३ बुधबार

हाइटीमा दुई आपराधिक समूहबीच भएको झडपमा ३० जनाको मृत्यु

हाइटीमा दुई आपराधिक समूहबीच भएको झडपमा ३० जनाको मृत्यु


हाम्रो राष्ट्र
  • शुक्रबार, १ भाद्र २०८०
  • 1.2K
    SHARES

    मानवीय, राजनीतिक र सुरक्षा सङ्कटले नराम्रोसँग गाँजेको क्यारिबियन मुलुक हाइटीमा दुई आपराधिक समूहबीच भएको झडपमा दुई जना प्रहरीसहित ३० जना मारिएका छन् । आक्रमणमा १२ जनाभन्दा बढी घाइते भएका छन् ।

    स्थानीय मानव अधिकार समूह नेशनल ह्युमन राइट्स डिफेन्स नेटवर्कका अनुसार राजधानी शहरको क्यारेफोर–फ्युइलेस र आसपासका घरमा आक्रमणसँगै आगो लगाउँदा र दुई प्रहरी अधिकारीको पनि मृत्यु भएको छ ।

    छिमेक गिरोहहरूको लागि एक रणनीतिक क्षेत्र हो, जसले हाइटीको राजधानी पोर्टओप्रिन्स ८० प्रतिशत भूभागमा यिनै आपराधिक समूहको नियन्त्रण छ । फिरौतीको लागि अपहरण, बलात्कार र सशस्त्र चोरी, मोटरमालिक वा चालकलाई धम्क्याएर गाडीको चोरी तथा हिंसात्मक अपराध यहाँ सामान्य मानिन्छन् ।

    दुई समूहबीच भएको झडपका क्रममा आफ्नो घरमा आक्रमण हुँदा पोर्टओप्रिन्स  निवासी डोमिनिक चाल्र्सले आफ्नी आमा, सौतेनी बुबा, १८ वर्षीय छोरा, दुई बहिनी र एक जना भाइ गुमाएको बताइन् । आफू भने भागेर बाँच्न सफल भएको उनले जनाइन् ।

    पछिल्ला दिनमा यहाँ हिंसाका घटना बढेपछि पाँच हजार बासिन्दा पलायन भएका छन् । विस्थापितमध्ये केहीले विद्यालय वा स्थानीय खेलकुद केन्द्रमा शरण लिएका छन्भने अन्य विस्थापित सडकमा नै गुजारा गरिरहेका छन् । उनीहरूलाई सरकारी अधिकारीहरूले खाना र पानीको व्यवस्था गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend