logo

२०८३ साउन १४ बिहिबार

हेलिकोप्टर दुर्घटनामा १२ नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु

हेलिकोप्टर दुर्घटनामा १२ नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु


हाम्रो राष्ट्र
  • शुक्रबार, १ भाद्र २०८०
  • 1.2K
    SHARES

    नाइजरमा हेलिकोप्टर दुर्घटना हुँदा १२ जना नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । अबुजाबाट २४९ किलोमिटर उत्तरमा मृतक र घाइते सैनिकहरू बोकेको हेलिकोप्टर दुर्घटना भएको हो ।

    नाइजर राज्यको शिरोरो स्थानीय सरकारी क्षेत्रको चुकुबा गाउँमा सशस्त्र डाकुहरूको आक्रमणमा घाइते भएका र मारिएका सिपाहीहरूलाई उद्धार गर्न सो हेलिकोप्टर परिचालन गरिएको थियो ।

    नाइजेरियाली सेनाका प्रवक्ता मेजर जनरल एडवर्ड बुबाले अबुजामा आयोजित पत्रकार सम्मेलनका क्रममा सो घटनाको पुष्टि गरेका छन् ।
    उनले दिएको जनाकारी अनुसार दुर्घटनाको समयमा विमानमा १४ जना सैनिक सबार थिए । त्यसैगरी सात जना अन्य घाइते रहेको जसमा दुई जना विमान चालक र दुई जना चालक दलका सदस्य रहेको बताइएको छ ।

    हेलिकोप्टर चुकुबामा दुर्घटना हुनुअघि डाकुहरूले मारिएका सुरक्षाकर्मीको शव निकाल्दै थियो। स्रोतहरूले जनाएअनुसार सशस्त्र व्यक्तिहरूले अत्याधुनिक हतियार बोकेका थिए जसबाट हेलिकोप्टरमाथि आक्रमण गरिएको हुन सक्छ ।

    हेलिकोप्टर कडुना एयरफिल्डबाट मिन्नाको लागि उडेको तर यसको कडुना र मिन्ना दुबैबाट नियन्त्रण टावरसँग सम्पर्क विच्छेद भएको थियो ।
    प्रिमियम टाइम्सका अनुसार स्थानीय आउटलेटडोगो गिडे, डाकुहरूको समूहको कुख्यात नेता जसले नाइजर र चाडको देशहरूको सिमानामा उत्तरपश्चिमी नाइजेरियाका केही भागहरूमा आतङ्क माच्चाएका छन् । आक्रमणको जिम्मेवारी पनि सोही समूहले लिएको छ।
    दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend