logo

२०८३ साउन १४ बिहिबार

एमालेका केही नेताको जिम्मेवारी हेरफेर, केहीको बिदाइ

एमालेका केही नेताको जिम्मेवारी हेरफेर, केहीको बिदाइ


हाम्रो राष्ट्र
  • शुक्रबार, १ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेले पार्टीका केही नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । एमालेले शुक्रबार नेताहरूको जिम्मेवारीसहितको अन्तर पार्टी निर्देशन (अपानि) तल्लो तहमा पठाएको छ ।

    असार ३० र साउन २९ गते बसेको सचिवालय बैठकले गरेका निर्णयहरु समेटेर अपानी जारी गरिएको हो। जसमा बागमती प्रदेश जिम्मेवारी गुरु बराललाई दिइएको छ। एमालेले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ प्रमुख रहेको संसदीय विभागमा सदस्यहरू मनोनयन गरेर १६ सदस्य पुर्याएको छ । विभागीय सचिवको जिम्मेवारीबाट डा. दीपकप्रकाश भट्ट, सोभियत ढकाललाई भूगोलमा पठाइएको छ ।

    केन्द्रीय कमिटी सदस्य केशव स्थापित र अर्का केन्द्रीय सदस्य प्रमोदनारायण यादवलाई बिदा दिइएको छ । विद्यासुन्दर शाक्यलाई तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्ज बनाइएको छ ।

    माओवादीबाट एमालेमा नै रहेका कर्णाली प्रदेश कमिटीका सचिव कमल शाहीलाई जिम्मेवारीबाट हटाएको छ । शाहीको ठाउँमा टेकराज पछाईलाई जिम्मेवारी दिएको छ । एमालेले प्रदेश अधिवेशनमा उम्मेदवार बन्न पाँच सय शुल्क तोकेको छ । एमालेका ७ वटै प्रदेशमा अधिवेशन हुँदैछ । अधिवेशनमा उम्मेदवार बन्नलाई पाँच सय शुल्क लाग्ने छ भने अध्यक्ष र सचिव हुन जननिर्वाचितहरूले पाउने छैनन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend