काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफूले गैरकानुनी कार्य नगरेको र पुष्टि पनि गर्न नसक्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत भट्टराईले हाल सीआईबीले गरिरहेको छानबिनको क्रममा कसैले आफूसँग कुनै सोधपुछ नगरेको र आफूले कसैसँग “उन्मुक्ति” को याचना नगरेको स्पष्ट गरेका छन् । उनले पारिवारिक स्वार्थ जोडिएको र गैरकानुनी कार्य भएको कहींकतै कसैले आरोप लगाउन र पुष्टि गर्न नसक्ने बताएका छन् ।
उनले भनेका छन्, ‘मेरो लामो सार्वजनिक जीवनमा आजसम्म कुनै नैतिक दाग लागेको छैन र कसैले भ्रष्टाचारजन्य आरोप लगाउन सकेको छैन । ललिता निवास प्रकरणमा पनि मेरो कुनै निजी वा पारिवारिक स्वार्थ जोडिएको र गैर कानुनी कार्य भएको कहींकतै कसैले आरोप लगाउन र पुष्टि गर्न सक्दैन।’
यस्तो छ भट्टराईको भनाई
केही समय यता केही दृश्य–अदृश्य वृत्तबाट चर्चित ललितानिवास जग्गा अपचलन प्रकरणमा मलाई जुन ढंगले जवर्जस्ती मुछ्ने,अपराधी झैं दुष्प्रचार गर्ने,सम्बन्धित निकायले कुनै सोधपुछ/छानबिन नगर्ने र उल्टै ‘उन्मुक्ति दिने’ नाटकीय प्रचारवाजी भैरहेको छ त्यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
ललितानिवास लगायत सबै ठूला भ्रष्टाचार प्रकरणवारे निष्पक्ष छानबिन होस् र दोषीलाई हदैसम्मको सजाय होस् भन्ने कुरा मैले संसद र सार्वजनिक मन्चबाट निरन्तर बताउककदै आएको छु! साथै त्यस्तो छानवीनमा आफुले जहाकक,जैले,जसरी पनि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छु।
मेरो प्रधानमन्त्रीकालमा प्रक्रियागत ढंगले सम्बन्धित मन्त्रालयबाट आएको प्रस्तावमाथि मन्त्रीपरिषदको सम्बन्धित सामाजिक समितिले आवश्यक छानबिन पश्चात् प्रस्तुत गरेको निर्णय प्रस्तावलाई मन्त्रिपरिषद्ले सामुहिक रूपमा स्वीकृति दिएको तथ्य जगजाहेर छ। मैले सोही ब्यहोराको बयान केही बर्ष पहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई दिइसकेको छु। सत्य त्यही हो र अहिले मैले जहाँ,जोसुकैलाई दिने बयान पनि त्यही हो, मेरो लामो सार्वजनिक जीवनमा आजसम्म कुनै नैतिक दाग लागेको छैन र कसैले भ्रष्टाचारजन्य आरोप लगाउन सकेको छैन। ललितानिवास प्रकरणमा पनि मेरो कुनै निजी वा पारिवारिक स्वार्थ जोडिएको र गैरकानूनी कार्य भएको कहींकतै कसैले आरोप लगाउन र पुष्टि गर्न सक्दैन।
हाल सिआइबीले गरिरहेको छानबिनको क्रममा पनि मसँग कसैले कुनै सोधपुछ गरेको छैन र मैले कसैसँग “उन्मुक्ति” को याचना गरेको पनि छैन। मेरो स्वविवेक र स्वाभिमानले त्यसो गर्नै दिंदैन। बरू आवश्यक परे आफ्नोतर्फबाट छानबिनमा हरतरहको सहयोग गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरिरहेको छु र पुनः अहिले गर्दछु।
यो स्थितिमा केही वृत्तबाट भैरहेको निरन्तर दुष्प्रचारको अर्थ के हो आफ्नो विवेक प्रयोग गरेर निष्कर्षमा पुग्न सबैँंग विनम्र आग्रह गर्दछु। अनि दन्त्यकथाको छट्टु स्यालले ‘चील आयो चील आयो’ भन्दै सोझा किसानको कुखुरा चोरेको जस्तो यहाकक नहोस् भन्नेतर्फ सबैको सतर्कता पुगोस् भन्ने कामना गर्दछु!
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend