logo

२०८३ साउन १३ बुधबार

इजिप्टका राष्ट्रपतिद्वारा अधिकारकर्मी डोउमाको जेल सजाय माफी

इजिप्टका राष्ट्रपतिद्वारा अधिकारकर्मी डोउमाको जेल सजाय माफी


हाम्रो राष्ट्र
  • शनिबार, २ भाद्र २०८०
  • 949
    SHARES

    इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीले सन् २०११ को विद्रोहका प्रमुख व्यक्ति तथा पछिल्लो एक दशक जेलमा बिताएका इजिप्टका अधिकारकर्मी अहमद डोउमाको बाँकी सजाय क्षमादान गरेका छन् ।

    ‘राष्ट्रपति अल–सिसी क्षमादान समितिका सदस्य अधिवक्ता तारेक इलावाडीले भने, “उहाँले आफ्नो संवैधानिक शक्तिको प्रयोग गरेर डोउमालगायत कैयौं कैदीलाई माफी दिनुभएको हो ।’

    यसैबीच, प्रख्यात अधिकारकर्मी खालेद अलीले सामाजिक सञ्जालमा आफू काएरोको बाहिरी इलाकामा रहेको बदर जेलबाहिर उनको रिहाइका लागि पर्खिरहेको बताएका छन् ।

    सन् २०१९ मा एक अदालतले डोउमालाई दुई वर्षअघि राजधानीमा सुरक्षा बलसँग भिडन्त गरेको आरोपमा १५ वर्षको जेल सजाय सुनाएको थियो ।

    सन् २०१९ को अन्त्यतिर इजिप्टको सर्वोच्च पुनरावेदन अदालतले १५ वर्षको सजायलाई सदर गरेको थियो, जसमा ६० लाख ‘इजिप्टियन पाउण्ड’ (त्यतिबेलाको करिब तीन लाख ७२ हजार अमेरिकी डलर) जरिवाना पनि समावेश थियो ।

    सन् २०११ मा पूर्व राष्ट्रपति होस्नी मुबारकलाई सत्ताच्यूत गर्ने क्रममा ३७ वर्षीय डोउमा आन्दोलनका प्रमुख अभियन्ता थिए ।
    उनले सन् २०२१ मा एकान्तवासमा रहँदो ‘कर्ली’ शीर्षकको कविता संग्रह प्रकाशित गरेका छन् ।

    उक्त संग्रह त्यस वर्षको कायरो अन्तर्राष्ट्रिय पुस्तक मेलामा प्रदर्शित गरिएको थियो तर ‘सुरक्षाको कारण’ बजारबाट तुरुन्तै हटाइएको थियो । जेलमा छँदा आफ्नो एउटा कवितामा डोउमाले लेखेका छन्, ‘डिप्रेसनको समय छैन, दुःखको कुनै अवसर छैन, जलप्रलय चलिरहेको छ ।’

    सन् २०१३ मा मुबारकका उत्तराधिकारी मोहम्मद मोर्सीलाई सत्ताच्युत गरेपछि गरिएको कारबाहीमा उनलाई पक्राउ गरिएको थियो ।

    मोर्सीलाई सत्ताच्यूत गर्न नेतृत्व गरेका पूर्व सेना प्रमुख सिसीमाथि लोकतन्त्र समर्थक अभियानकर्ता र इस्लामवादी दुवैमाथि निरन्तर कारबाहीको नेतृत्व गरेको आरोप लाग्दै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend