logo

२०८३ साउन १४ बिहिबार

सरकारको कामको समीक्षा गर्न समाजवादी मोर्चाको बैठक बस्दै

सरकारको कामको समीक्षा गर्न समाजवादी मोर्चाको बैठक बस्दै


हाम्रो राष्ट्र
  • आइतबार, ३ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौँ । समाजवादी मोर्चाको बैठक आज नेकपा (एकीकृत समाजवादी पार्टी)को केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

    आज साँझ बस्ने बैठकमा मोर्चा आबद्ध चार दलका शीर्षनेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्ने नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले जानकारी दिए ।

    मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन् । मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । मोर्चाको नेतृत्व अहिले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend