logo

२०८३ साउन १४ बिहिबार

संसारको जुन ठाउँमा भए पनि नेपाली संस्कृति र भाषाप्रति गर्व गर्नुपर्छ : प्रधानमन्त्री

संसारको जुन ठाउँमा भए पनि नेपाली संस्कृति र भाषाप्रति गर्व गर्नुपर्छ : प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • आइतबार, ३ भाद्र २०८०
  • 949
    SHARES

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाँ भए पनि नेपाली मन, भाव, संस्कृति र नेपाली भाषाप्रति गर्व गर्नुपर्ने बताएका छन् ।

    इन्ट्रा फाउन्डेसनले आयोजना गरेको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को ग्रान्ड फिनाले कार्यक्रमलाई सम्बोधन गर्दै उनले कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलोपटक प्रधानमन्त्रीको हैसियतले अगाडि बढाउन सक्दो सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनले भने, ‘ग्रान्ड फिनाले कार्यक्रमबाट आज एउटा बलियो सन्देश विश्वभरि सम्प्रेषित भएको छ, एउटा ठूलो सन्देश गएको छ, अभियानको सुरुवातकर्ता हुनुको नाताले हामी सम्पूर्ण नेपालीहरू पनि अभियानमा संलग्न सबैप्रति साँच्चिकै हृदयदेखि आभार व्यक्त गर्न पनि चाहन्छौँ ।’

    ग्रान्ड फिनाले कार्यक्रम साँच्चिकै गर्व गर्नलायक रहेको र कलाकारले अद्वितीय कला प्रदर्शन गरेको उनको भनाइ छ ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘जसरी कला, साहित्य र संस्कृति, बढी भावना र संवेदनासित हुन्छ र धेरै शक्तिशाली हुन्छ, त्यसले मानिसलाई जोड्छ, एकतालाई सुदृढ गर्छ, आफ्नो पहिचानलाई विश्वव्यापीरूपमा स्थापित गर्छ, यो ग्रान्ड फिनाले कार्यक्रम हेर्दै गर्दा प्रस्तुति सुन्दै गर्दा गर्व लागेको छ ।’

    कार्यक्रमले संसारभरि रहेका नेपालीलाई भावनात्मक, सांस्कृतिक रूपले, संवेदनाको हिसाबले इतिहासको रूपले एक ठाउँमा जोडेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend