logo

२०८३ साउन १४ बिहिबार

सर्वदलीय बैठक निष्कर्षविहीन

सर्वदलीय बैठक निष्कर्षविहीन


हाम्रो राष्ट्र
  • आइतबार, ३ भाद्र २०८०
  • 975
    SHARES

    काठमाडौं । संसदको अवरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठक सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल आफ्ना अडानबाट पछि नहटेपछि बैठक निष्कर्षविहीन भएको हो ।

    बैठकमा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नैपर्ने अडान यथावत राखेको छ । बैठकमा आफूहरुको माग यथावत राखेको र सरकारले सुशासन कायम राख्न नसकेकाले आफूहरु मागबाट पछि नहट्ने एमाले प्रमुख सचेतक पदम गिरीले बताए ।

    बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोग वा समिति बन्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको अनुसन्धान प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सम्भवत: भोलिको बैठकपछि सदन खुल्ने बताए । उनले भने, ‘हामी यो बैठकमा पहिलो पटक बसेका हौं। अस्वस्थ भएकाले प्रमुख प्रतिपक्षी दल नेता केपी शर्मा ओली आउनु भएन । हामी सहमतिको नजिकै पुगेका छौं। अब भोलि बैठक होला र सहमति होला।’

    माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली बैठकमा उपस्थित हुन नसकेको भन्दै पर्सी ३ बजेसम्म सदन रोक्ने र छलफल गर्ने सहमति भएको जानकारी दिए । सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय समितिको माग गर्दै एमालेले साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend