logo

२०८३ साउन १३ बुधबार

रुसले चन्द्रमामा पठाएको अन्तरिक्षयान दुर्घटनाग्रस्त

रुसले चन्द्रमामा पठाएको अन्तरिक्षयान दुर्घटनाग्रस्त


हाम्रो राष्ट्र
  • आइतबार, ३ भाद्र २०८०
  • 1.3K
    SHARES

    रुसले चन्द्रमामा नियन्त्रित अवतरण गर्ने उद्देश्यसहित पठाएको एउटा अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको छ । उक्त अन्तरिक्षयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्य मस्कोले राखेको थियो ।

    लूना–२५ अन्तरिक्षयान झण्डै ५० वर्षमा रुसको पहिलो चन्द्र अभियान थियो । यसअघि रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो । मानवरहित उक्त यान चन्द्रमाको दक्षिणी ध्रुवमा नियन्त्रित अवतरण गर्ने क्रममा थियो ।

    तर अवतरण गर्नुअघिको कक्षमा पुगेपछि त्यसमा समस्या देखिएको थियो । रुसी सरकारी अन्तरिक्ष निकाय रोसकोमोसले लूना–२५ मा समस्या देखा परेलगत्तै त्यससँग सम्पर्क गुमाएको जनाएको छ ।

    उक्त यानको अवतरण सोमबारका लागि तय गरिएको थियो । चन्द्रमाको उक्त क्षेत्रमा बरफ र महत्वपूर्ण तत्वहरू हुनसक्ने वैज्ञानिकहरूले अनुमान गरेका छन् । रुसले झन्डै ५० वर्षपछि चन्द्रमामा अन्तरिक्षयान प्रक्षेपण गरेको थियो ।

    पश्चिमा प्रतिबन्धहरूको सामना गरिरहेको रुसले थप चन्द्रयानहरू पठाउने र चीनसँग मिलेर पनि अन्तरिक्ष अभियान अघि बढाउने बताउने गरेको छ । हालसम्म कुनै पनि देश नपुगेको दक्षिणी ध्रुवमा यतिखेर भारत तथा रुसबिच प्रतिस्पर्धा चलेको थियो जहाँ भारतको चन्द्रयान–३ अर्को साता त्यहाँ अवतरण गर्ने प्रयासमा छ । यद्यपि अमेरिका र चीनले चन्द्रमाको सतहमा नियन्त्रित अवतरण गरिसकेका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend