logo

२०८३ साउन १३ बुधबार

पेरुको पहाडी क्षेत्रमा बस दुर्घटना, १३ जनाको मृत्यु

पेरुको पहाडी क्षेत्रमा बस दुर्घटना, १३ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, ३ भाद्र २०८०
  • 1.1K
    SHARES

     

    पेरुको पहाडी क्षेत्र एन्डिजमा यात्रुवाहक एउटा दुर्घटना हुँदा १३ जनाको मृत्यु हुनका साथै अन्य पाँच जना गम्भीर घाइते भएका अधिकारीहरूले बताएका छन् ।

    करिब ५० जना यात्रु बोकेको बस एण्डियन शहर विल्काशुआमानबाट राजधानी लिमातर्फ आउँदा पहाडी भेगको खोचमा आइतबार बिहान खसेको हो हुआतारा जिल्ला प्रहरी चौकीका एक अधिकारीले बताए । घाइतेहरूको पिस्को शहरको अस्पतालमा उपचार भइरहेको छ ।

    तीव्र गति, मर्मतसम्भार नगरिएका खराब सडक, सुरक्षा तथा जोखिमसूचनक सडक सङ्केतको कमी र सवारी नियमको अक्षरसः पालना नहुँदा पेरुका राजमार्गमा प्रायःदुर्घटना भइरहन्छन् ।

    विश्व स्वास्थ्य सङ्गठनले सन् २०१९ मा सार्वजनिक गरेको एक अध्ययनअनुसार त्यस वर्ष चार हजार चार सय १४ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend