logo

२०८३ साउन १४ बिहिबार

राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान


हाम्रो राष्ट्र
  • आइतबार, ३ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् । संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले मंगलबार बिहान आठ बजे सर्वदलीय बैठक बोलाएका हुन् ।

    राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई शीतलनिवास बोलाइएको हो । सुन तस्करी प्रकरणलाई लिएर नेकपा एमालेले साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ ।

    यसअघि सभामुख देवराज घिमिरे र राष्ट्रपतिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति पौडेललाई भेटेर संस्दको गतिरोध अन्त्यको लागि पहल गर्न आग्रह गरेका थिए । त्यस्तै राष्ट्रपतिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सदनको गतिरोध अन्त्य गर्न आग्रह गरेका थिए ।

    तर ओलीले सदन आफूहरुले नभई सरकारले अवरोध गरेको बताएका थिए । त्यस्तै सदनको अवरोध अन्त्य गर्न सभामुख र प्रधानमन्त्रीले दलहरुसँग आइतबार छुट्टाछुट्टै छलफल गरेका थिए । तर उच्चस्तरीय समिति गठनमा सहमति जुटेन । जसका कारण संसद बैठक भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend