logo

२०८३ साउन १३ बुधबार

जेलेन्स्की डेनमार्क भ्रमणमा, एफ–१६ विमानको स्थानान्तरणबारे छलफल गर्ने

जेलेन्स्की डेनमार्क भ्रमणमा, एफ–१६ विमानको स्थानान्तरणबारे छलफल गर्ने


हाम्रो राष्ट्र
  • आइतबार, ३ भाद्र २०८०
  • 1K
    SHARES

     

    हुम्ला । नेपालको सङ्घीय राजधानी काठमाडौँबाट केरुङ नाका हुँदै हुम्लाको सदरमुकाम सिमकोटमा खाद्यान्न ल्याइने भएको छ । गाडीमार्फत पैदल मार्ग भएर चार हजार क्वीन्टल खाद्यान्न ल्याइने भएको हो ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौँबाट रसुवाको केरुङ नाका हुँदै हुम्लामा खाद्यान्न पठाएको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले  जानकारी दिए । उनका अनुसार साउन महिनाभरि हवाई उडान कम भएकाले हुम्लामा खाद्यान्न समस्या भएको छ ।

    जिल्लामा खाद्यान्न समस्या देखिएको बेला केरुङ नाका हुँदै तिब्बति मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्वीन्टल खाद्यान्न लोड भएका ४० वटा गाडीमा ढुवानी गरेर आइतबार काठमाडौँबाट हुम्लाको लागि छुटेको शाखा प्रमुख अधिकारीले बताए ।

    उनका अनुसार यसअघि ढुवानीको जिम्मा पाएको सप्लायर्सले काठमाडौँमा लिमिटेडबाट खाद्यान्न बुझेर गाडी लोड गरिएको र तिब्बति मार्गबाट ढुवानी गर्न प्रक्रिया मिलाएर खाद्यान्न लोड गाडी हुम्लातर्फ लागेको छ ।

    उक्त खाद्यान्नमा एक हजार क्वीन्टल नाम्खा गाउँपालिकाका लागि र तीन हजार क्वीन्टल सिमकोट शाखाका लागि ढुवानी हुन लागेको हो । तिब्बति मार्ग भएर ढुवानी भएर आउने खाद्यान्न हवाई मार्गबाट आउने खाद्यान्नभन्दा ढुवानी दर सस्तो पर्ने गरेको शाखा प्रमुख अधिकारीले बताए ।

    काठमाडौँ, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोटसम्म पुग्ने खाद्यान्नप्रति क्वीन्टल  सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्वीन्टल खाद्यान्न चार हजार आठ सय ढुवानी लाग्नेछ । नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यनन्नको हवाई भाडाप्रति क्वीन्टल १६ हजार लाग्ने गर्छ भने सुर्खेतबाट प्रतिक्वीन्टल १५ हजार पाँच सय रुपियाँ लिमिटेडले तिर्दै आएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend