logo

२०८३ साउन १३ बुधबार

श्रीलङ्कामा खडेरीका कारण बालीनालीमा क्षति भएपनि धानको अभाव नहुने

श्रीलङ्कामा खडेरीका कारण बालीनालीमा क्षति भएपनि धानको अभाव नहुने


हाम्रो राष्ट्र
  • सोमबार, ४ भाद्र २०८०
  • 1K
    SHARES

    सुख्खा मौसमका कारण हालको बालीमा परेको असरका बाबजुद श्रीलङ्काले आगामी खेतीको मौसम नआउन्जेल धानको अभाव हुन सक्ने सम्भावनालाई नकारेको छ ।

    कृषिमन्त्री महिन्दा अमरवीराका अनुसार चालू मौसममा पाँच लाख तीन हजार हेक्टर जमिनमा धान खेती गरिएको छ । जसमध्ये केही बाली खडेरीबाट प्रभावित भएका छन् ।

    गतवर्ष रोपाइँको मौसममा राम्रो रोपाइँ भएकाले एक बर्ष धानको अभाव नहुने उनले बताए । श्रीलङ्काको मौसम विज्ञान विभागले सेप्टेम्बरको अन्त्यसम्म सुख्खा याम जारी रहने पूर्वानुमान गरेको छ । श्रीलङ्काको मुख्य भोजन धान हो र दक्षिण एसियाली यस देशमा वर्षमा दुई मौसममा धान खेती गरिन्छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend