logo

२०८३ साउन १३ बुधबार

बङ्गलादेशको चालु घाटा तीन अर्ब तीस करोड डलर

बङ्गलादेशको चालु घाटा तीन अर्ब तीस करोड डलर


हाम्रो राष्ट्र
  • सोमबार, ४ भाद्र २०८०
  • 1K
    SHARES

    सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्म बङ्गलादेशले करिब तीन अर्ब ३० करोड अमेरिकी डलरको चालू घाटा व्यहोरेको बङ्गलादेश बैंकका एक अधिकारीले बताएका छन् ।

    केन्द्रीय बैंकका एक अधिकारीले बताएअनुसार तथ्याङ्कले आर्थिक वर्ष २०२२/२३ मा तीन अर्ब ३० करोड ३४ लाख डलरको घाटा देखाएको छ । अघिल्लो वर्ष उक्त घाटा चार अर्ब ४० करोड ७५ लाख डलर रहेको थियो ।

    यद्यपि रेमिटेन्सले बङ्गलादेशलाई चालू खाता घाटाको प्रभाव र मध्यम निर्यात आय वृद्धिको प्रभावलाई कम गर्न मद्दत गरेको छ । यसवर्ष एकसय भन्दा बढी देश र क्षेत्रमा बसोबास गर्ने र काम गर्ने करिब एक करोड बङ्गलादेशीबाट २१ अर्ब ६१ करोड डलर विप्रेषण भित्रिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend