logo

२०८३ साउन १३ बुधबार

सातै प्रदेशमा सभा गर्ने समाजवादी मोर्चाको निर्णय

सातै प्रदेशमा सभा गर्ने समाजवादी मोर्चाको निर्णय


हाम्रो राष्ट्र
  • सोमबार, ४ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौ । समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय सोमबार बिहान बसेको मोर्चाको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो ।

    बैठकले ८ गते वीरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढीमा, १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिएका छन् ।

    उनकाअनुसार मोर्चा बनाउनुको कारण र यसका कामबारे जनतालाई जानकारी दिने उद्देश्यले सभा गर्न लागिएको हो । मोर्चाले यो सभालाई ‘सन्देश सभा’ नाम दिएको छ । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend