logo

२०८३ साउन १५ शुक्रबार

क्यालिफोर्नियामा ८४ वर्षयताकै ठूलो आँधी

क्यालिफोर्नियामा ८४ वर्षयताकै ठूलो आँधी


हाम्रो राष्ट्र
  • सोमबार, ४ भाद्र २०८०
  • 1.2K
    SHARES

    मेक्सिकोमा पर्ने प्रशान्त महासागरको तटमा भीषण हावाहुरी र बाढी निम्त्याएको समुद्री आँधी हिलरी अमेरिकी राज्य क्यालिफोर्नियामा पुगेको छ । आँधी ७० किलोमिटर प्रतिघण्टाको रफ्तारमा मेक्सिकोको बायाँ क्यालिफोर्निया प्रायद्वीपमा बज्रिएको थियो ।

    त्यहाँ नदी तर्न प्रयासरत कारमा सवार एक मानिसले ज्यान गुमाएका छन् । उनीसँगै कारमा सवार उनकी श्रीमती र छोराछोरी भने बाँच्न सफल भएका अधिकारीहरूले बताएका छन् । सान्ता रोसालिया सहरका कैयौँ घरहरू अहिले डुबानमा परेका छन् ।

    हिलरी नाम दिइएको उक्त आँधी उत्तरतर्फ सर्दै जाँदा कमजोर हुने ठानिएको छ तर यो क्यालिफोर्नियामा ८४ वर्षयताकै पहिलो समुद्री आँधी हो। यसअघि सन् १९३९ मा दक्षिणी क्यालिफोर्नियाको लङ बिचमा यस्तै आँधी आएको थियो ।

    विज्ञहरूले पछिल्लो समय अमेरिका र विश्वका धेरै क्षेत्रहरूमा असामान्य मौसमी घटनाहरू देखिएको र यो मानव सिर्जित जलवायु परिवर्तनका कारण प्रभावित भएको बताएका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend