logo

२०८३ साउन १४ बिहिबार

कोशी प्रदेशको उपसभामुखले संसदीय परम्परा तोडेको मुख्यमन्त्री थापाको आरोप

कोशी प्रदेशको उपसभामुखले संसदीय परम्परा तोडेको मुख्यमन्त्री थापाको आरोप


हाम्रो राष्ट्र
  • सोमबार, ४ भाद्र २०८०
  • 1.1K
    SHARES

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने सम्भावना नरहेको बताएका छन् । विराटनगरमा आयोजित सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री थापाले उपसभामुख सिर्जना दनुवारले आफैंले बैठक बोलाएर अनुपस्थित भएको भन्दै आपत्ति जनाए ।

    उनले उपसभामुखले संसदीय परम्परा तोडेको आरोप लगाए । मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने सम्भावना अब नरहेकाले १३ गतेभित्र कुनै दिन फेरि विश्वासको मत लिने बताए । उनले अहिलेको विषम परिस्थितिबाट शान्तिपूर्ण तरिकाले सहज निकासका लागि परामर्श गरिरहेको बताए ।

    उनले भने, ‘आफैँले बोलाएको बैठक उपसभामुखले दिएको समय थियो। उहाँ नै अनुपस्थित हुनुभयो। उहाँले आज बिहान ९ बजेतिर जानकारी दिनुभयो । आजै विश्वासको मत लिने सम्भावना देखिएन। सल्लाह गरेर अर्को दिनलाई निश्चित गरेर हामी अगाडि बढ्छौँ।’

    मुख्यमन्त्री थापाले बजेट प्रतिस्थापन गरेर अगाडि बढ्ने पनि बताए। बजेट प्रतिस्थापन गर्नका लागि आगामी भदौ १० गतेसम्म समयावधि रहेको छ। उनले विश्वासको मत लिने विभिन्न तरिका र उपायहरू रहेको बताउँदै आफूले निर्धारित समयमै विश्वासको मत पाउने पनि दाबी गरे ।

    तत्कालीन सभामुख बाबुराम गौतमको राजीनामा गराई बहुमत पुर्याएर दोस्रो पटक साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १३ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने छ ।

    मुख्यमन्त्री थापाले आज संसदमा विश्वासको मत लिने तय भएपछि एमाले र राप्रपाका सांसदले विरामी भएको भन्दै बिदामा बसेका छन् भने उपसभामुख दनुवार सोमबार बिहान स्वास्थ्य परीक्षणका लागि भन्दै काठमाडौं गएकी छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend