logo

२०८३ असोज ८ बिहिबार

शेयर बजारमा १२ अंकको गिरावट

शेयर बजारमा १२ अंकको गिरावट


हाम्रो राष्ट्र
  • सोमबार, ४ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सोमबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । सोमबार नेप्से १२ दशमलव ९३ अंकले घटेर एक हजार नौ सय ९८ दशमलव २८ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ ।

    आज सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशत तथा हिमालयन पावर पार्टनरको शेयर झण्डै छ प्रतिशतले ओरालो लागेको छ ।

    समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्त र खुटेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । ४१ लाख ६३ हजार कित्ता शेयर एक अर्ब ४० करोड ८९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड दुई लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend