logo

२०८३ साउन १३ बुधबार

प्रदेशसभाको अध्यक्षता गर्ने सांसदको मतसहति मुख्यमन्त्री थापाले पाए विश्वासको मत

प्रदेशसभाको अध्यक्षता गर्ने सांसदको मतसहति मुख्यमन्त्री थापाले पाए विश्वासको मत


हाम्रो राष्ट्र
  • सोमबार, ४ भाद्र २०८०
  • 1.1K
    SHARES

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले सोमबार विश्वासको मत पाएका छन् । मुख्यमन्त्री थापाले प्रदेश सभाको अध्यक्षता गर्ने सांसद इस्राइल मन्सुरी समेतको मतबाट विश्वासको मत पाएका हुन् ।

    कोशीका उपसभामुख सिर्जना दनुवारले बैठकको अध्यक्षता गर्ने दिन विरामी भएको सूचना दिएर बैठक सञ्चालनका लागि मन्सुरीलाई अधिकार प्रत्यायोजन गरेकी थिइन् ।

    सोमबारको बैठकमा उपस्थित ७७ जना रहेकोमा थापाको पक्षमा ४७ र विपक्षमा ३० मत परेको थियो । एमालेबाट उपसभामुख बनेकी दनुवारले सत्ता गठबन्धनको तर्फ मत बहुमत पुग्न नदिने नीतिअनुसार बैठक छलेपछि कांग्रेसका मन्सुरीले बैठकको अध्यक्षता गरेका थिए । मन्सुरीको मत नपाउने हो भने थापाले विश्वासको मत पाउने थिएनन् ।

    त्यसैले उनले पनि थापालाई विश्वासको मत दिएका थिए । अध्यक्षता गर्ने व्यक्तिले दिएको मतको वैधानिकताबारे अब फेरि प्रश्न विवाद हुने देखिएको छ । यसअघि सभामुखसहितको हस्ताक्षरमा सरकार गठन भएको भन्दै सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend