logo

२०८३ साउन १३ बुधबार

सात शिशुको हत्या अभियोगमा बेलायतमा एक नर्सलाई आजीवन काराबासको सजाय

सात शिशुको हत्या अभियोगमा बेलायतमा एक नर्सलाई आजीवन काराबासको सजाय


हाम्रो राष्ट्र
  • सोमबार, ४ भाद्र २०८०
  • 1.2K
    SHARES

    बेलायतमा सात जना शिशुको हत्या गरेको अभियोगमा एक नर्सलाई अदालतले आजीवन काराबासको सजाय सुनाएको छ । ३३ वर्षीया नर्स लुसी लेट्बीलाई आफू कार्यरत अस्पतालमा जन्मिएका कम्तीमा सात शिशुको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको हो ।

    अस्पतालमा कार्यरत रहँदा २०१५ देखि २०१६ को अवधिमा उनले ती नवजात शिशुलाई अत्यधिक दूध खुवाएर तथा सुईबाट विष दिएर हत्या गरेको खुलासा भएको हो । म्यान्चेस्टर क्राउन कोर्टका न्यायाधीशले सोमबार उनीविरुद्ध जन्मकैदको आजीवन काराबासको सुनाएका हुन् ।

    अदालतले उनलाई जानाजान तिनीहरूलाई मार्ने उद्देश्यले विष खुवाएको उल्लेख गरेको छ । नर्सले भने अदालतमा उपस्थित हुन इन्कार गरेकी थिइन् । न्यायाधीशले भिडियोमार्फत् उनलाई सजाय सुनाएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend