logo

२०८३ साउन १५ शुक्रबार

राष्ट्रपतिको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

राष्ट्रपतिको आह्वानमा आज सर्वदलीय बैठक बस्दै


हाम्रो राष्ट्र
  • मंगलबार, ५ भाद्र २०८०
  • 962
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वदलीय बैठक बोलाएका छन् । संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले आज बिहान आठ बजे सर्वदलीय बैठक बोलाएका हुन् ।

    राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई शीतलनिवास बोलाइएको छ । सुन तस्करी प्रकरणलाई लिएर नेकपा एमालेले साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ ।

    यसअघि सभामुख देवराज घिमिरे र राष्ट्रपतिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति पौडेललाई भेटेर संसदको गतिरोध अन्त्यको लागि पहल गर्न आग्रह गरेका थिए । त्यस्तै राष्ट्रपतिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सदनको गतिरोध अन्त्य गर्न आग्रह गरेका थिए

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend