अफगानिस्तानको उच्च शिक्षा मन्त्रालयले महिला विद्यार्थीहरूका लागि विश्वविद्यालयहरू पुनः खोल्ने योजनामा काम गरिरहेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
मन्त्रालयको समितिले मन्त्रालयको वार्षिक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा सो बारे जानकारी दिएको स्थानीय टोलो न्युज टिभीले उल्लेख गरेको छ ।
सञ्चारमाध्यमले उच्च शिक्षाका कार्यवाहक उपमन्त्री लुत्फुल्लाह खैरख्वालाई उदृत गर्दै योजनाको अन्तिम समय अझै स्पष्ट नभएको बताएको छ ।
अफगानिस्तानका विश्वविद्यालयहरूमा अहिलेसम्म महिलाहरूलाई प्रतिबन्ध लगाइएको छ। उच्च शिक्षा मन्त्रालयले डिसेम्बर २०२२ मा महिला शिक्षामा प्रतिबन्धको घोषणा गरेको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend