logo

२०८३ असोज ६ मंगलबार

स्कटल्यान्डसँग नामिबिया १० विकेटले पराजित

स्कटल्यान्डसँग नामिबिया १० विकेटले पराजित


हाम्रो राष्ट्र
  • बुधबार, ३ फाल्गुन २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको छ । बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले दिएको एक सय ५४ रनको लक्ष्य स्कटल्यान्डले २२ ओभर १ बलमा कुनै पनि विकेट नगुमाई भेटायो ।

    उसका जर्ज मुन्शेले १ सय ३ र केल कोट्जरले ४६ रन बनाए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया ३९ ओभर २ बलमा १ सय ५३ रनमा अलआउट भयो । नामिबियाका लोह्यान्ड्रे लरेन्सले ५४ र बेर्नाड स्कोल्टेजले ३० रन बनाए । स्कटल्यान्डका मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३/३ विकेट लिए ।

    मंगलबार भएको खेलमा नामिबिया घरेलु टोली नेपालसँग पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । आजको जितसँगै स्कटल्यान्ड ३३ खेलमा ४८ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । नामिबिया ३२ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपाल २५ खेलमा २० अङ्कसहित छैटौँ स्थानमा छ । नेपालले आगमी शुक्रबार स्कटल्यान्डसँग, शनिबार नामिबियासँग र मङ्गलबार फेरि स्कटल्यान्डसँग खेल्नेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend