logo

२०८३ असोज ८ बिहिबार

पाकिस्तानमा ६ जना बालबालिकासहित तुईनमा आठ जना अड्किएपछि….

पाकिस्तानमा ६ जना बालबालिकासहित तुईनमा आठ जना अड्किएपछि….


हाम्रो राष्ट्र
  • मंगलबार, ५ भाद्र २०८०
  • 1.2K
    SHARES

    पाकिस्तानको खैवरपख्तुनख्वा प्रान्तको एक विकट पहाडी गाउँमा दुई जना वयस्कसहित छ जना बालबालिका तुईनमा अड्किएका छन् ।

    विद्यालय हिँडेका बालबालिका समुद्र सतहबाट एक हजार दुई सय फिटको उचाइमा तुईन अड्किएपछि उद्धारको प्रतीक्षामा छन् । मंगलबार बिहान सात बजे चलिरहेको तुईन एक्कासी बन्द भएपछि उनीहरूको उद्धार हुन सकेको छैन ।

    एउटै डोरीमा तुईन अड्किएको तथा त्यसमा छ जना बालबालिकासहित दुई जना वयस्क रहेका प्रान्तीय उद्धार तथा खोज केन्द्रले पुष्टि गरेको छ ।

    हेलिकप्टरबाहेक कुनै पनि माध्यमबाट उनीहरूको उद्धार हुन नसक्ने विषय परिस्थिति उत्पन्न भएको जनाउँदै एक जना सुरक्षा अधिकारीले पाकिस्तानी सेनासमक्ष अनुरोध गरिएको बताएका छन् ।

    स्थानीय टेलिभिजनले प्रसारण गरेको दृश्यमा सैनिक हेलिकप्टरले घटनास्थलको अवलोकन गरेको देखिन्छ । यद्यपि पीडितहरूलाई उद्धार नगरी त्यो अन्यत्र उडेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend