logo

२०८३ साउन १४ बिहिबार

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित


हाम्रो राष्ट्र
  • मंगलबार, ५ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर बुधबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

    एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ । दलहरु समिति गठन गर्न सहमत भए पनि समितिको संरचना र कार्यक्षेत्र टुंगिन बाँकी छ ।

    सुन तस्करी प्रकरणमा एमालेले एक महिनाअघिदेखि संसदअवरुद्ध पार्दे आएकोमा मंगलबार उच्चस्तरीय छानबिन आयोग गठनमा सहमति गरी संसद सञ्चालन गर्ने तयारी थियो ।

    आयोग गठनको मस्यौदा तयार गरी मंगलबार दिउँसो शीर्ष नेताहरूले छलफलपछि सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी थियो । तर प्रधानन्यायधीशको शपथग्रहणका कारण मंगलबार शीर्ष नेताहरूको बैठक बस्न नसक्ने भएपछि सहमतिपत्रमा हस्ताक्षर रोकिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend