logo

२०८३ असोज ८ बिहिबार

कोशीमा विश्वासको मत लिने क्रममा गठबन्धनले गल्ती गर्योः कोइराला

कोशीमा विश्वासको मत लिने क्रममा गठबन्धनले गल्ती गर्योः कोइराला


हाम्रो राष्ट्र
  • मंगलबार, ५ भाद्र २०८०
  • 1K
    SHARES

    विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकारले विश्वासको मत लिने क्रममा गल्ती गरेको बताएका छन् ।मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले गठबन्धनको सरकारले फेरि गल्ती दोहोर्याएको बताएका हुन् ।

    उनले भने, ‘सभाध्यक्ष गर्ने सांसद नै सभामुखको हैसियतमा हुने भएकोले मत हालेको विषय फेरि अदालतले निरुपण गर्ला । अदालतले जे निर्णय गर्छ त्यो मान्य हुनेछ।’

    सुन प्रकरणमा कोही पनि निर्दोष फस्न नहुने कोइरालाको भनाइ थियो । ललितानिवास प्रकरण, अवैध सुन प्रकरणजस्ता विषय मिहिन ढंगले अनुसन्धान गर्न पनि उनले सुझाव दिएका छन् ।अनुसन्धानका लागि सीआईबीलाई स्वतन्त्र छोडिदिनु पर्ने उनको भनाइ थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend