logo

२०८३ साउन १४ बिहिबार

ग्रीसमा डढेलोका कारण १८ जनाको मृत्यु

ग्रीसमा डढेलोका कारण १८ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • मंगलबार, ५ भाद्र २०८०
  • 1.2K
    SHARES

    उत्तरी ग्रीसको जङ्गलमा लागेको डढेलोका कारण मङ्गलबार १८ जना मृत फेला परेका छन् । उनीहरुको शव एलेक्जान्ड्रोपोलिस शहर नजिकै भेटिएको थियो । स्थानीय अधिकारीहरूले जनाएअनुसार उनीहरू आप्रवासीहरू हुन सक्ने सम्भावना रहेको छ । उनीहरू अवैध रूपमा देश प्रवेश गरेको हुनसक्ने ग्रीक राष्ट्रिय प्रसारक ईआरटीले उल्लेख गरेको छ।

    अलेक्जान्ड्रोपोलिस नजिकको जङ्गलमा लागेको आगो चौथो दिन पनि नियन्त्रण बाहिर रहेको बताइएको छ। सोमबार राति र मङ्गलबार बिहानै धुवाँको बाक्लो तुँवालोले ढाकेपछि नगरको अस्पताललाई पनि खाली गराइएको थियो । त्यसक्रममा बिरामीहरूलाई जहाजबाट अन्य अस्पतालहरूमा सारिएको ग्रीक राष्ट्रिय समाचार एजेन्सी एएमएएनएले जनाएको छ।

    अलेक्जान्ड्रोपोलिस जङ्गलको आगो ग्रीक अग्नि नियन्त्रकहरूका लागि सबैभन्दा चुनौतीपूर्ण मध्ये एक हो। विगत २४ घण्टामा उनीहरूले देशभर ६५ वटा जङ्गलमा लागेको आगो निभाउँन सङ्घर्ष गरिरहेका छन् ।

    ग्रीसको राजधानी नजिकैको उत्तरपश्चिमी एटिका क्षेत्रमा मङ्गलबार फैलिएको दुईवटा ठूला डढेलाको जोखिमले बस्तीहरू खाली गर्दै सडकहरू बन्द गरिएको हो । तीव्र हावाले आगो निभाउने प्रयासलाई अझ कठिन बनाएको छ ।

    यसैबीच रोमानिया र चेक गणतन्त्रका १०० भन्दा बढी अग्निनियन्त्रक र करिब २० सवारी साधनहरू पनि आगो निभाउँन परिचालन गरिएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend