logo

२०८३ साउन १३ बुधबार

राष्ट्रपति सीद्वारा रामाफोसालाई रणनीतिक साझेदार बन्न आग्रह

राष्ट्रपति सीद्वारा रामाफोसालाई रणनीतिक साझेदार बन्न आग्रह


हाम्रो राष्ट्र
  • बुधबार, ६ भाद्र २०८०
  • 1.1K
    SHARES

    चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका दक्षिण अफ्रिकी समकक्षी सिरिल रामाफोसाले नयाँ युगमा चीन–दक्षिण अफ्रिकाको व्यापक रणनीतिक साझेदारीको बृहत्तर विकासमा जोड दिएका छन् ।

    मङ्गलबार भएको वार्ताका क्रममा राष्ट्रपति सीले दुवै पक्षलाई उच्चस्तरीय पारस्परिक विश्वासको रणनीतिक साझेदार बन्न आह्वान गर्दै आपसी मित्रता साँचो कुरा भएको बताए ।

    दुवै देशको साझा प्रगतिका लागि चीन र दक्षिण अफ्रिका पनि विकासको साझेदार हुनुपर्ने र पारस्परिक लाभ र जीतको नतिजा चीन–दक्षिण अफ्रिका सहयोगको आधार रहेको सीको धारणा छ ।

    चिनियाँ नेताले दुवै देशलाई गहिरो आपसी समझदारी र सद्भावनाका मित्रवत् साझेदारका साथै न्यायको रक्षा गर्ने विश्वव्यापी साझेदार बन्न पनि आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend