logo

२०८३ साउन १४ बिहिबार

अमेरिकी सिनेटर होलानसँग राजदूत खत्रीको भेट

अमेरिकी सिनेटर होलानसँग राजदूत खत्रीको भेट


हाम्रो राष्ट्र
  • बुधबार, ६ भाद्र २०८०
  • 1.5K
    SHARES

    वासिङ्गटन डिसी । अमेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले क्यापिटल हिलमा भेट गरेका छन् ।

    भेटमा होलान र राजदूत खत्रीबीचको भेटघाटमा नेपाल–अमेरिका सम्बन्धको बहुआयामिक पक्ष, प्रजातान्त्रिक स्थिरता र नेपालको आर्थिक विकासमा अमेरिकाको आर्थिक सहायतालगायत पक्षमा छलफल भएको थियो ।

    होलान नेपाली समुदायका बीच परिचित सिनेटर हुनु् । उनले अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपीएस) मार्फत स्थायी बसोबासका लागि समेत बिल तयार पारेका थिए । मेरिल्याण्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने होलान डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend