काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्यूयोर्क जाने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । महासभा सेप्टेम्बर १० देखि अमेरिकाको न्यूयोर्कमा हुँदैछ।
त्यस्तै बैठकले स्वर्गीय गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) लाई जनगायकको उपाधि प्रदान गरेको छ । बैकले सरकारले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई संलग्न धितोपत्र तथा निष्कासन सातौँ संशोधन नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
मन्त्री शर्माले सरकारले धुलिखेल अस्पताल आपतकालीन केन्द्र सुधार परियोजनाको लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकृत गरेको जानकारी दिइन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend