logo

२०८३ साउन १३ बुधबार

संसदको अवरोध हटाउने विषयमा शीर्ष नेताहरु सिंहदरबारमा छलफलमा

संसदको अवरोध हटाउने विषयमा शीर्ष नेताहरु सिंहदरबारमा छलफलमा


हाम्रो राष्ट्र
  • बुधबार, ६ भाद्र २०८०
  • 845
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा देखिएको अवरोध हटाउने विषयमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गरेका छन् । छलफलमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का शीर्ष नेतासहित ती दलका प्रमुख सचेतक सहभागी छन् ।

    सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले उपाध्यक्ष सुवास नेम्वाङ सहभागी छन् ।

    यस्तै नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी छन् । छलफल जारी छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend