logo

२०८३ साउन १३ बुधबार

सुन तस्करी छानबिनका लागि असोज ५ गते आयोग गठन गर्ने दलहरुबीच सहमति

सुन तस्करी छानबिनका लागि असोज ५ गते आयोग गठन गर्ने दलहरुबीच सहमति


हाम्रो राष्ट्र
  • बुधबार, ६ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । सुन तस्करी छानबिनका लागि जाँचबुझ आयोग बनाउने विषयमा दलहरुबीच सहमति जुटेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार दिउँसो बसेको दलका शीर्ष नेताको बैठकमा जाँचबुझ आयोग बनाउने सहमति जुटेको हो ।

    असोज ५ मा आयोग गठन गरी सोही दिनदेखि छानबिन आयोगले काम थाल्ने पनि सहमति भएको छ । साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ६० किलोभन्दा बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

    तस्करी प्रकरणको छानबिन माग गर्दै साउन १० यता संसद्का दुवै सदनमा एमालेले अवरोध गर्दै आएको थियो । सहमतिसँगै सदनको अवरोध पनि खुल्ने भएको छ ।

    बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, रास्वपाका उपाध्यक्ष डीपी अर्याल, प्रमुख सचेतक सन्तोष परियार, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, जसपाका प्रमुख सचेतक प्रदीप यादव, राप्रपाका नेता बुद्धिमान तामाङलगायत सहभागी थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend