logo

२०८३ साउन १३ बुधबार

नेप्सेमा दोहोरो अंकको बृद्धि, एक अर्ब ५१ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको बृद्धि, एक अर्ब ५१ करोडको कारोबार


हाम्रो राष्ट्र
  • बुधबार, ६ भाद्र २०८०
  • 897
    SHARES

    काठमाडौं । शेयर बजार नेप्से बुधबार पनि बढेको छ । बुधबार नेप्से २९ दशमलव ४७ अङ्कले बढेर दुई हजार ४५ दशमलव ४५ विन्दुमा पुगेको छ । बुधबार सबै समूहको शेयर बढेकोमा जलविद्युत्, होटल, उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

    सबैभन्दा धेरै खुटेली बुखारी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा लिबर्टी इनर्जी र ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर साढे नौ प्रतिशतले बढेको छ ।

    समग्रमा बजार हरियाली भए पनि आज सबैभन्दा धेरै सिटिजन्स सुपर ३० म्युचुअल फन्डको शेयर साढे सात प्रतिशतले ओरालो लागेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ ।

    ४२ लाख ३७ हजार कित्ता शेयर एक अर्ब ५१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै घोराही सिमेन्ट इन्डस्ट्रिजको शेयर सात करोड ५७ लाख रुपैयाँमा कारोबार भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend