logo

२०८३ साउन १४ बिहिबार

राजनीतिक परिवर्तनका लागि बाबुपुस्ताले खेलेको भूमिकाको जगमा ‘नवयुवराज’हरुले अनियमितता गरेः सभापति लामिछाने

राजनीतिक परिवर्तनका लागि बाबुपुस्ताले खेलेको भूमिकाको जगमा ‘नवयुवराज’हरुले अनियमितता गरेः सभापति लामिछाने


हाम्रो राष्ट्र
  • बुधबार, ६ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा लामाको कनेक्सन पूर्वप्रहरी प्रमुखहरुसँग रहेको दाबी गरेका छन् ।

    बुधबारको प्रनिनिधिसभा बैठकमा सभापति लामिछानेले केही पूर्वप्रहरी प्रमुखहरुसँग दावाको सम्पर्क देखिएको सूचना प्रहरीले आफूलाई दिएको दावी गरेका हुन् ।

    सभापति लामिछानेले उनीहरुको नाम नखुलाएपनि सरकारले चाहेका सूचना सरकारलाई दिने बताएका छन् । उनले भने, ‘सरकारका बहालवाला एक महानिर्देशकले सुन आएको कुराको जानकारी लामा भनिएका व्यक्तिलाई फोटोसमेत पठाएको जानकारी प्रहरी नेतृत्वले मलाई दिएका छन् । यसमा संलग्न केही बिचौलियाहरूबारे जानकारी पनि उपलब्ध गराएका छन् । यसको जानकारी सम्बन्धित निकायलाई गराउनेछु।’

    उनले लामासँग केही पूर्वप्रहरीहरूको पनि कुराकानी भएको सूचना प्राप्त भएको बताएका छन् । उनले यसबारे प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    उनले दावा भनिएका व्यक्तिसँग प्रहरीका उच्चअधिकारीको टेलिफोनमा भएको रेकर्ड संसदले जस्ताको त्यस्तै हेर्न पाउनुपर्ने माग गरेका छन् । त्यस्तै उनले राजनीतिक परिवर्तनका लागि बाबुपुस्ताले खेलेको भूमिकाको जगमा छोरा पुस्ताले अनियमितता गरिरहेको आरोप लगाए ।

    माओवादी केन्द्रका कतिपय नेताका छोराछोरी विभिन्न अनियमितता प्रकरणमा मुछिएकोतर्फ लक्षित गर्दै लामिछानेले सरकारले सुशासनको कुरा गरे पनि ‘नवयुवराज’हरुमाथि अनुसन्धान हुनेमा आशंका रहेको बताए ।

    उनले भने, ‘गोलीसँग नडराएका बाबुआमाले ज्यानको बाजी लगाएर लडेको युद्ध, आन्दोलन परिवर्तनका लागि गरेको त्याग तपस्याको बलमा आएका नवयुवराजहरु, उहाँका छोराछोरीहरुको कुन हर्कत र कुन तहको क्रियाकलाप आएको छ हामीले देख्दै आएका छौं । यो निन्दनीय छ ।’

    उनले सरकारले सुशासनको कुरा गरेको र आफूहरुले शंकाको सुविधा दिइरहेको भन्दै सरकारलाई सही ढंगले अनुसन्धान अगाडि बढाउन आग्रह गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend