logo

२०८३ असोज ८ बिहिबार

प्राधिकरणविरुद्ध बालेनको रिट खारेज

प्राधिकरणविरुद्ध बालेनको रिट खारेज


हाम्रो राष्ट्र
  • बुधबार, ६ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई स्पष्टीकरण सोधेपछि बालेनले उच्च अदालत पाटनमा दायर गरेको रिट खारेज भएको छ ।

    उच्च अदालत पाटनका न्यायाधीश दुर्गावहादुर विश्वकर्मा र रमेश ढकालको संयुक्त इजलासले बुधबार बालेनको रिट खारेजको आदेश गरेको हो । उच्च अदालतले बालेनले दायर गरेको रिट खारेज गरेसँगै अब उनले प्राधिकरणलाई स्पष्टीकरण दिनुपर्ने भएको छ ।

    प्राधिकरणको नाममा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको जग्गामा गरिएको तारबार महानगरले काटेपछि गत १ असारमा प्राधिकरणले स्पष्टीकरण सोधेको थियो ।

    रिट खारेज भएसँगै बालेनले असार १ गते प्राधिकरणले मागेको स्पष्टीकरणको जवाफ दिनुपर्ने छ । जवाफ पेस नगरे बालेनलाई प्राधिकरणले ५० हजार रुपैयाँसम्मको जरिवाना गर्न सक्ने छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend