logo

२०८३ असोज ८ बिहिबार

कोशी प्रदेशमा जातीय नारा उचालेर प्रचण्ड र माधव नेपालले उत्पात मच्चाएको ओलीको आरोप

कोशी प्रदेशमा जातीय नारा उचालेर प्रचण्ड र माधव नेपालले उत्पात मच्चाएको ओलीको आरोप


हाम्रो राष्ट्र
  • बिहिबार, ७ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्ष अहिले भ्रष्टाचार र तस्करी काण्डबाट उम्किनका लागि एमालेमाथि खनिएको आरोप लगाएका छन् ।

    बिहीबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार आफू जोगिन एमालेलाई आरोप लगाउने काममा उद्दत रहेको आरोप लगाएका हुन् ।

    उनले भने, ‘अहिले यस्तो भ्रष्टाचारका काण्डहरू भइरहेका छन्, त्यस्तो काण्डहरूलाई छोप्न सजिलो छ एमालेले गर्यो भनेर । राम्रो काम केही गरेन नराम्रो मात्रै गर्यो।’

    उनले आफूले कानुन विपरीत कुनै पनि काम नगरेको जिकिर गरे । उनले भने,’कानुनले केपी ओलीलाई हत्कडी लगाउन सक्ने कुनै ठाउँ राख्दै राख्दैन। राखेकै छैन। त्यसैले केपी ओली ढुक्कले भन्छ। मलाई थाहा छ, विरोधीहरू छन् तिनीहरूले सत्यका विरुद्ध काम गर्छन्। तिनीहरू हाम्रा विरुद्ध आइलाग्न सक्छन्। म सचेत छु कानुनी रुपमा पनि कतै एक शब्द नचिप्लियोस् भनेर ।’

    उनले सत्तापक्षले जनता जुधाउने काम गरिरहेको आरोप लगाए। अध्यक्ष ओलीले कोशी प्रदेशमा जातीय नारा उचालेर प्रचण्ड र माधव नेपालले उत्पात मच्चाएको आरोप लगाए ।

    उनले भने, ‘कहिले कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्छन् अनि आफैँ बाहिर निस्केर विरोध गर्छन् । पूर्वाञ्चलमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपालका कार्यकर्ता छन् ।’

    अझै पनि नेपाली जनता सचेत नभएकोमा दुःख लागेको भन्दै ओलीले जातीय नारा उचालेर नुवाकोटको गोरु जुधाएजस्तो जनता जुधाउन लागेको आरोप लगाए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend